सिग्नेचर, म्याकडोवेललगायत मदिरा बेच्ने कम्पनीले एकै वर्ष गर्‍यो व्यापार साढे १ अर्ब


काठमाडौं । नेपाली बजारमा विभिन्न ब्रान्डको मदिरा बेच्ने नेपाल लिक्वयर प्रालिले एकै वर्ष साढे १ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १ अर्ब ५२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा १ अर्ब ५० करोड २० लाख रुपैयाँ र सन् २०२० मा १ अर्ब १६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । डिएगो पीएलसीको फ्रेन्चाइज भित्र्याएर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको कम्पनी नेपालको पुरानो मदिरा कम्पनी हो।

कम्पनीले एन्टीक्वीटी, सिग्नेचर, म्याकडोवेल नम्बर वान, ब्लू रिबन्ड जीन र रोयल च्यालेन्जजस्ता विभिन्न प्रकारका मदिरा बिक्री गर्दै आएको छ । साथै, कम्पनीले हालै मात्र ‘स्मरनफ’ भोड्का सार्वजनिक गरेको छ । राजेशवीर सिंह तुलाधार अध्यक्ष रहेको कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ७७ करोड ७८ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि ९१ करोड ६१ लाख रुपैयाँ अर्थात् डबल बी माइनस र अल्पकालीन कर्जाका लागि ८६ करोड १७ लाख रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ । डिएगो पिएलसीमार्फत् युनाइटेड स्पिरिट लिमिटेड भारतबाट भित्रिएको उक्त फ्रेनचाइजको विश्वभर १३२ वटा साइट्स छन् भने २०० भन्दा बढी ब्रान्डको मदिरा १८० वटा देशमा बिक्री वितरण गर्दै आएको छ । डिएगो स्कच ह्वीस्की र अन्य स्पिरिटको मुख्य वितरक हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *