स्व.सिता दाहालको उपचारमा राज्यबाट कुनै पनि सुविधा लिएका छैनौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ ।  प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धर्मपत्नी स्वर्गीय सिता दाहालको निधन भएको सातौँ दिनमा आज प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली कार्यक्रमको  आयोजना गरियो । 

श्रद्धाञ्जली कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्व उपराष्ट्रपतिहरू, पूर्व प्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, उपप्रधानमन्त्रीहरू, नेपाल सरकारका मन्त्रीहरू, संवैधानिक आयोगका पदाधिकारीहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरू, सांसदहरु तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको उपस्थिति थियो । 

श्रद्धाञ्जली कार्यक्रमलाई गर्दै प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा सबैको समवेदना र साथले पिडाबाट निस्कन आफूलाई मदत पुगेको बताउनु भयो । 

प्रधानमन्त्री प्रचण्डले धर्मपत्नी सिता दाहालले जीवित हुँदा कसैलाई दुख नदिएको तथा मृत्युको क्षणमा पनि कसैलाई पीडा नदिएको उल्लेख गर्दै स्वर्गीय दाहालको उपचारका लागि राज्यबाट कुनै सुविधा नलिएको पनि प्रष्ट पार्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले स्वर्गीय सिता दाहालको उपचारमा संलग्न सबै चिकित्सकलाई धन्यवाद समेत दिनुभयो । 

प्रधानमन्त्री प्रचण्डले शोकको घडीमा मित्रराष्ट्र, कूटनीतिक जगत, राजनीतिक दल, सञ्चारकर्मी, कर्मचारी, सुरक्षाकर्मी, साहित्यकार, बुद्धिजीवीलगायत सबैले दिएको समवेदना र सहानुभूतिले पीडामा मलम लगाउन सहयोग गरेको भन्दै आभार र धन्यवाद व्यक्त गर्नुभयो । 

श्रद्धाञ्जली कार्यक्रममा सम्झनामा कमरेड सिता दाहाल नामक वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *