एमाले पार्टी कार्यालयमा पस्यो मनोहरा नदी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय पार्टी कार्यालयमा बाढी पसेको छ । अविरल वर्षाका कारण पार्टी कार्यालय डुबानमा परेको हो ।

ललितपुरको च्यासलस्थित मनोहरा नदी किनारमा रहेको एमाले पार्टी कार्यालय डुबानमा परेको पार्टी उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

‘वर्षा र विध्वंस, यसपाली पनि एमाले केन्द्रीय कार्यालयमा क्षति पुऱ्यायो,’ उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *