कोशीमा सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा


काठमाण्डौं । कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय भागबन्डा टुंग्याएका छन्। जसअनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १ १ मन्त्रालय पाउने नेता आङ्बोले जानकारी दिए। कोशीमा अहिले कांग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्। सहमतिअनुसार अब कांग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एकजना मन्त्री बन्नेछन्।

गठबन्धन सहमतिमा पुगेका कारण तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेता आङ्बोले बताए। कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति भइसकेको छैन। प्रदेशको संसदीय समितिको भागबन्डाबारे भने अन्य दलहरुसँगको छलफलपछि निर्णय हुने उनले बताए। आजको बैठकमा सरकारले अध्यादेशमार्फत ल्याउने बजेट प्रतिस्थापन विधेयकमा निश्चित मापदण्ड बनाएर संसोधन गर्ने सहमति समेत भएको नेता आङ्बोले बताए।

कांग्रेसबाट विद्रोह गरेर केदार कार्की कोशीको मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री बनाउन सघाउने एमाले भने कात्तिक १८ गते सरकारबाट बाहिरिएको थियो। मुख्यमन्त्री कार्कीले सहमतिविपरित माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायम राखेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *