सीजी मोटर्सको ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

काठमाडौं । सीजी मोटर्सले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाडौं उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार पुराना सवारी साधनको न्यूनतम मूल्यांकन ४ लाख रुपैयाँ रहने छ ।

स्वीच टु द प्योर ईभी नारा दिइएको उक्त एक्सचेन्ज क्याम्पको मुख्य उद्देश्य नेटा भिको प्रवर्द्धन गर्नु मात्र नभइ पुराना एवं प्रदुषण गरिरहेका सवारी साधनको व्यवस्थापन समेत रहेको छ । नेटा भि गाडिमा ८ वर्ष वा १ लाख ५० हजार किमीको वारेन्टि छ । जसले गर्दा ग्राहकहरुले ढुक्क भइ नेटा भिको प्रयोग गर्न सक्नेछन् । नेटा भी हाल नयाँ ५० किवाको एलएफपी ब्याट्रिसहित शोरुमहरुमा उपलब्ध छ । उक्त मेगा एक्सचेन्ज क्याम्प छोटो समयकालागि मात्रै रहेको पनि कम्पनीले बताएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *