नेपालविरुद्ध नामिबियाले टस जित्यो ,पहिला ब्याटिंग गर्ने निर्णय

काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदै छ ।

सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । यस खेलमा नामिबियाले टस जितेको छ । नामिबियाका कप्तान जेरार्ड एरास्मसले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको हो । आजको खेलमा नेपालले अनिल शाह र ललित राजबंशीलाई बाहिर राखेको छ भने अविनास बोहोरा र विवेक यादवलाई टिममा समावेश गरेको छ ।

नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुलसन झा र दीपेन्द्रसिंह ऐरी ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *