पूर्वप्रधानमन्त्री भट्टराईको आरोप -‘महिला खेलाडीमाथि किन विभेद ?’

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल क्रिकेट संघ (क्यान)ले पारिश्रमिकको विषयमा महिला र पुरुषबीच भेदभाव गरेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल द्वीटरमार्फत उनले क्यानले क्रिकेटरलाई ग्रेडिङ गरेर उपलब्ध गराएको पारिश्रमिकमा यस्तो आरोप लगाएका हुन् । ‘समान कामको लागि समान ज्याला’ आधुनिक लोकतन्त्रको आधारभूत सिद्धान्त र मान्यता हो नेपालको संविधानको भाग–३ मौलिक हक र कर्तव्य अन्तरगत धारा १८ समानताको हकको उपधारा ९४०० मा प्रष्ट लेखिएको छ, समान कामका लागि लैंगिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव गरिने छैन’ भनेर लेखेको उल्लेख गर्दैै क्यानले पुरुष र महिला क्रिकेट खेलाडीलाई यस्तो विदेद कसरी गर्न सक्छ भन्दै प्रश्न गरेका छन् ।

क्यानले सोमबार महिला खेलाडी र पुरुष खेलाडीको पारिश्रमिक निर्धारण गरेको थियो । क्यानले तोकेको पारिश्रमिकमा ‘ए’ मा परेका पुरुष खेलाडीले १ लाख पारिश्रमिक पाउँछन् भने ग्रेड ‘ए’मा पर्ने महिला क्रिकेटरले मासिक ५० हजार रुपैयाँ तलब तोकिएको छ ।

एउटै ग्रेडमा पर्ने पुरुष खेलाडीलाई एक लाख रुपैयाँ र महिलालाई ५० हजार रुपैयाँ दिने क्यानको निर्णयप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । क्यानको आलोचना गर्ने अधिकांश सञ्जाल प्रयोगकर्ताले ‘महिलामाथि किन विभेद’ भन्दै प्रश्न उठाएका छन् । कतिपयले भने खेलाडीलाई पारिश्रमिक दिने क्यानको निर्णयको स्वागत गर्दै पुरुष र महिला खेलाडीको पारिश्रमिक बराबर बनाउन सुझाव दिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *