मन्जुश्री फाईनान्सको टपअपमा क्यास ब्याक अफर

काठमाण्डौं । मन्जुश्री फाईनान्सले टपअप गर्दा क्यास ब्याक अफर ल्याएको छ। कम्पनीले एफवान सफ्टसँगको सहकार्यमा मन्जुश्री स्मार्टबाट टपअप गर्दा २० प्रतिशत वा अधिकतम ५० रुपैयाँसम्मको अफर ल्याएको हो । कम्पनीले यो अफर सीमित अवधिको लागि ल्याएको बताएको छ ।

पछिल्लो त्रैमाससम्ममा सबैभन्दा बढी नाफा कमाउन सफल रहेको उक्त कम्पनीले २७ ओटा शाखाद्वारा सेवा पुर्‍याउँदै आएको छ । कम्पनीले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाहलगायत ग्राहकहरुलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटिम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ सुविधा उपलव्ध उपलब्ध गराउँदै आएको बताएको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *