रियलमी १२ प्रों प्लस नेपालमा

काठमाण्डौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा रियलमी १२ प्रोंंप्लस ल्याएको छ । सेग्मेन्ट फस्ट पेरिस्कोप लेन्स जडित रियलमी १२ प्रों नेपालमा पनि भित्रिएको हो । फ्ल्यागशिप ओम्निफोकल मास्टरशट एल्गोरिथ्म भएको रियलमी १२ प्रोंप्लसंले उच्च स्तरको टेलिफोटोहरु लिन सक्ने कम्पनीले जनाएको छ । रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले उक्त फोन नेपाली बजारमा ल्याउन पाउँदा उत्साहित भएको बताए । रियलमी १२ प्रों मा ६.७ ईन्चको सुपर एमोलेड डिस्प्ले तथा फुल एचडी रिजोलुसन रहेको छ जसले प्रयोगकर्ताहरुलाई रङ्गिन तथा सार्प कन्ट्रास्ट स्क्रिनको अनुभव प्रदान गर्दछ । फोनसँगको हरेक अन्तरक्रियालाई रमाइलो बनाउनको लागि रियलमी १२ प्रों मा १२० हटर््जको रिफ्रेस रेट राखिएको छ ।

क्वाल्कम स्न्याप ड्रयागन ७ एस जेन २ प्रोसेसर तथा ४ एनएम अक्टा सीपीयूमा चल्ने रियलमी १२ प्रों मा धेरै एपहरु चलाउँदा पनि एकदमै छिटो काम गर्छ । यो फोनमा १२ जिबीको ¥यामसँग ५१२ जिबीको आन्तरिक स्टोरेज दिइएको छ जुन आवश्यकता अनुसार २४ जिबीसम्म बढाउन पनि सकिन्छ । फोटोग्राफी तथा भिडियो निर्माणमा चाख राख्नेहरुको लागि रियलमी १२ प्रो ंको क्यामरा अति उपयोगी हुन्छ । ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा, ओम्नि भिजन ओभि ६४बी सेन्सर र ओआईएस, अत्याधिक सफा फोटोको लागि ५० मेगापिक्सेलको सोनि आईएमएक्स ८९० ओआईएस क्यामरा, ८ मेगा पिक्सेलको ११२ डिग्रीको वाइड एङ्गल क्यामरा र ३२ मेगा पिक्सेलकाृ सोनि आईएमएक्स ६१५ सेल्फी क्यामरा जस्ता अत्याधुनिक सुविधाहरु रियलमी १२ प्रों मा उपलब्ध छ । यी अत्याधुनिक क्यामराहरुले प्रयोगकर्तालाई अटो जुम, सुपर नाईटस्केप, स्टारी मोड प्रो तथा फोर के भिडियो रेकर्डिङ्ग जस्ता फिचरहरु प्रदान गर्दछ । ६७ वाटको सुपरभोक सुपरफास्ट चार्जिङ्ग युक्त ५,००० एमएएच्को ब्याट्रीले गर्दा रियलमी १२ प्रों का प्रयोगकर्ताहरुले थोरै समय चार्ज गरेरै धेरै समयसम्म फोन चलाउन सक्छन् । यो फोनको खरिदमा ६७ वाटको सुपरभोक चार्जिङ्ग एडप्टर तथा यूएसबी टाईप–सी केबल निःशूल्क पाईन्छ । रियलमी १२ प्रों १२ जिबी ¥याम र २५६ जिबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । सबमरिन ब्लू, एक्सप्लोरर रेड, र न्याभिगेटर बिज रङ्गमा उपलब्ध रियलमी १२ प्रों को मुल्य ५० हजार ९९९ रुपैयाँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *