ओलीले सदस्यता खाएपछि विकल्पमा हिँड्न बाध्य भएँ : रावल

काठमाडौं । नेकपा एमालेबाट निष्काशित भएका नेता भीम रावलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सदस्यता नै खाएपछि नयाँ विकल्पमा हिँड्न बाध्य भएको बताएका छन् ।

आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको निर्णयविरुद्ध प्रश्न उठाउने र देशभक्तहरुलाई निरंकुश शैलीमा हटाउन थालेको जिकिर गरे । उनले भने, ‘निरंकुश र अन्यायपूर्ण ढंगले सदस्यता नै खाएपछि पार्टीको कर्मठ सदस्यको रुपमा जीवन पर्यन्त रहिरहने मेरो अवस्था रहेन । त्यसैले आज देश र जनताको हितको लागि नयाँ विकल्पमा हिँड्न बाध्य भएँ ।’

उनले सत्ता र पद हत्याउने होडको कारणले ठूला दलहरु सिद्धान्तहीन, गन्तव्यहीन बाटोमा लागेको टिप्पणी पनि गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *