नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौँ । नेकपा एमालेबाट निष्कासनमा परेका नेता डा. भीम रावलले आज पत्रकार सम्मेलन गर्दैछन् ।

बुधबार दिउँसो १ बजे काठमाडौँको कार्की बैन्क्वेटमा पत्रकार सम्मेलन गरी रावलले आफ्ना भावी योजनाबारे जानकारी दिन लागेका हुन् । गत सोमबार उनले नेपाली काँग्रेस (बीपी)का उपसभापति कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा. तारा जोशीसँग छलफल गरेका थिए । उनी नयाँ पार्टी गठनको तयारीमा जुटेको चर्चा छ।

एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *