गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने रास्वपाको माग
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद शिशिर खनालले गृहमन्त्री रमेश लेखकको राजीनामा मात्र आएर नहुने भन्दै उच्चस्तरीय छानबिन आयोग गठन गरेर अनुसन्धान गर्नुपर्ने बताए ।
यो सामान्य भ्रष्टाचारको विषय मात्र नभएको भन्दै सांसद खनालले गृहमन्त्रीको सचिवालयको समेत संलग्न रहेको विषय बाहिर आएकोले राजीनामा नदिएसम्म संसदको गतिबिधि अगाडी बढ्न नसक्ने बताए ।
















