इतिहासमै पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । आफु प्रधानमन्त्री रहेका बेला मन्त्रिपरिषदबाट गलत निर्णय गराएर भ्रष्टाचार गरेको आरोपमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

हिजो (विहिबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा गैरकानुनी रुपमा बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपसहित नेपालविरुद्ध अभियोग पत्र दर्ता गराएको हो । दर्ता गरिएको अभियोग पत्रमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल सहित तत्कालीन भूमिसुधार मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमिसुधार सचिव छविराज पन्तसहित ९३ जनालाई विपक्षी बनाइएको छ ।

पुर्व प्रधानमन्त्री नेपाल विरुद्ध भ्रष्टाचार मुद्धा दर्ता भएसँगै नेपालको इतिहासमा प्रधानमन्त्री पदमा रहँदा भ्रष्टाचार गरेको आरोपसहित प्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार आरोपमा मुद्दा दायर भएको यो पहिलो घटना समेत भएको छ । यसअघि प्रधानमन्त्रीहरुमाथि भ्रष्टाचारको आरोप लागेतापनि मुद्दा दर्ता भने भएको थिएन् । यस्तै मन्त्रिपरिषद्को सामूहिक निर्णयविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको पनि यो पहिलो पटक हो।

पुर्व प्रधानमन्त्री नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । सरकारबाट हदबन्दी छुटमा पाएको उक्त जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *