प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओली आजको सम्बोधनमा स्पेनको औपचारिक भ्रमण बारे संसदलाई जानकारी गराउने बताइएको छ ।

स्पेन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रसङ्घको विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी भएका थिए ।

प्रधानमन्त्री ओली भ्रमण सकेर असार २० गते स्वदेश फर्किएका थिए । 

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *