प्रधानमन्त्री ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिपुलेक बारे भारतसँग स्पष्ट रुपमा कुरा गर्ने बताएका छन् ।

ललितपुरस्थित गोदावरीमा पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन गर्दै ओलीले चीन भ्रमणको बेला राष्ट्रपति सी जीङपीङसँगको द्विपक्षीय कुराकानीका क्रममा हाम्रो भुमिबाट दुई देशले व्यापार गर्ने सम्झौता गर्न मिल्दैन भन्ने स्पष्ट रुपमा राखेको बताए । प्रधानमन्त्री ओलीले भने- ‘यो कुरा रेकर्डमा छ, अडियोमा, भिडियोमा छ र नोटहरुमा छ । चिनियाँ राष्ट्रपतिले त्यसको जवाफ दिदा हामी नेपालको सार्बभौम सत्ताको पुरा सम्मान गर्दछौं । यसबाट तपाईहरुलाई हुन गएको आशंकामा हाम्रो ध्यान छ । तपाईहरुको राष्ट्रको सार्भभौमसत्तालाई तलमाथि मर्न दिइने छैन । यो विषय सीमानाको विषय नेपाल र भारतको विषय हो । तपाईहरुले यो विषय कुटनीतिक रुपमा वार्ताबाट समाधान गर्नुहुन्छ भन्ने हाम्रो विश्वास छ ।’    

प्रधानमन्त्री ओलीले यो विषयको समाधान गर्ने भारतसँग नै भएको भन्दै भारतसँग यस विषयमा कुरा गर्ने बताए । उनले तेस्रो देशलाई ल्याउन खोज्यो भन्ने परेको भन्दै यस विषयमा नेपाल र भारतको बिचमा चीनलाई ल्याउन नखोजेको स्पष्ट गर्दै भारत र चीनले व्यापार सम्झौता गरेकाले चीनलाई स्पष्ट गरेको बताए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *