कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । शनिबार बसेको आकस्मिक बैठकले नेता मोहम्मद अफताब आलमको निधनमा शोक प्रस्ताव पारित गरेको थियो । त्यसपछि आज बैठक बस्न लागेको हो । परिवर्तित परिस्थितिको विश्लेषणसँगै राजनीति र देशको भविष्यमा पार्टीको भूमिका तय गर्दै आगामी रणनीतिक बाटो तयार पार्न असोज २८ गते सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक अझै सकिएको छैन । निर्णय प्रक्रियामै प्रवेश नगरेको कांग्रेस केन्द्रीय समिति झगडामै रुमलिएको छ । सुरुमा ‘विशेष महाधिवेशन कि नियमित’ भन्ने झगडाबाट पछिल्ला दिनमा ‘पुसमा कि वैशाखमा’ भन्नेमा केन्द्रित छ । त्यही विवादबीच कांग्रेसभित्र गुट–उपगुटका बैठक बाक्लिएको छ । तर, केन्द्रीय समितिले कुनै निष्कर्ष निकाल्न सकेको छैन । आजको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *