उद्धव पौडेल नेपाली फ्लिम कंङ्गाल करोडपतीको निर्माताको रूपमा जोडिए

काठमाडौँ । नेपाली फिल्म ‘कङ्गाल करोडपति’ को निर्माण टिममा गोपीकृष्ण मुभिजका चर्चित निर्माता उद्धव पौडेल जोडिनु भएको छ । राजु श्रेष्ठको निर्देशन तथा प्रवीण आचार्यको निर्माण रहने ‘कङ्गाल करोडपति’ फिल्ममा फिल्म पत्रकारितामा सक्रिय मनिष कार्की पनि क्रिएटिभ निर्माताका रूपमा आबद्ध हुनु भएको छ ।

फिल्म निर्माण र प्रदर्शन क्षेत्रमा स्थापित नाम उद्धव पौडेलको सहभागिताले सम्पूर्ण टिममा थप जिम्मेवारी र उत्साह थपिएको निर्माण पक्षले जनाएको छ । यससँगै फिल्म छिट्टै फ्लोरमा जाने तयारीमा रहेको छ ।
सुमन गजमेरको कथा लेखन रहेको फिल्मले नेपाली समाजले भोग्दै आएको यथार्थ र सङ्घर्षलाई कथा मार्फत प्रस्तुत गर्नेछ । केही दिनभित्र मुख्य कलाकारको छनोटपछि फिल्मको औपचारिक छायाङ्कन सुरु हुने जनाइएको छ । हाल अन्य कलाकार, गीत–सङ्गीत तथा प्राविधिक टिमको छनोट प्रक्रिया जारी रहेको छ ।

फिल्ममा मनोज केसी एक्ज्युकेटिभ निर्माता, टङ्क बहादुर थापा, सुरज कुमार र ज्ञानेन्द्र तिमिल्सेना लाइन प्रोड्युसरका रूपमा रहनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *