‘उज्यालो नेपाल’को १८ मध्ये रास्वपाले चार जनाको नाम काटिदिएपछि ,केन्द्रीय सदस्यहरु असन्तुष्ट

काठमाडौँ । तत्कालीन उज्यालो नेपाल पार्टीले आफ्नो तर्फबाट भन्दै पठाएको समानुपातिकतर्फको १८ जनाको नामबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चार जनाको नाम काटिदिएको पाइएको छ । सो पार्टीले पठाएका नाममध्ये रास्वपाले लाक्पा फुटी शेर्पा, देवकी पौडेल, कुमार राज सुवेदी र राजदेव रामको नाम काटिदिएको पाइएको हो । यसअघि उज्यालो पार्टीलाई समानुपातिकमा १८ जना दिने सहमति भएको थियो ।

तर, यी नाम काटिएपछि उज्यालो नेपालबाट सिफारिस भएका समानुपातिक उम्मेदवारको संख्या १४ मा सीमित भएको छ । सोमबार रास्वपा र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबिच एकताका लागि ७ बुँदे सहमति भएको थियो । यो सँगै उज्यालोले तयार पारेको समानुपातिक बन्दसूची बुझाएन । तर केन्द्रीय कमिटीबाट पारित नभई एकता सहमति गरेको र बन्दसूचीमा सहमति गरेको भन्दै अहिले बहुसंख्यक , रहेको केन्द्रीय सदस्य तुलसा वाइबाले जानकारी दिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *