एमालेका महेश बस्नेत र गोकुल बाँस्कोटा आफ्ना निर्वाचन क्षेत्रबाट एकल सिफारिस
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र सचिव पदमा पराजित नेता गोकुल बाँस्कोटा आ–आफ्नो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा उम्मेदवारका लागि एकल सिफारिस भएका छन् । बस्नेत भक्तपुर–२ बाट एकल सिफारिस भएका हुन् भने बास्कोटा काभ्रे–२ बाट सिफारिस भएका छन् । उनीहरू दुवै २०७० सालदेखि सोही निर्वाचन क्षेत्रबाट निरन्तर प्रतिस्पर्धा गर्दै आएका छन् । बास्कोटा २०७४ र २०७९ को निर्वाचनमा काभ्रे–२ बाट निर्वाचित भएका थिए भने बस्नेत २०७४ मा भक्तपुर–२ बाट निर्वाचित भएका थिए ।
















