एनएमबि बैंकको ३०औँ वार्षिक साधारणसभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

काठमाडौं । एनएमबि बैंकका ३०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । एनएमबि बैंकका सञ्चालक समितिका अध्यक्ष, मनोजकुमार गोयलको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष ०८१।८२ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकले ०८२ असार मसान्तसम्ममा २ अर्ब ८५ करोड खुद नाफा आर्जन गर्नुका साथै २८३.६५ अर्ब निक्षेप संकलन र २४३.३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले हाल देशभरि २०२ शाखा, १८४ एटिएम र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *