नयाँ बानेश्वरमा देउवा पक्षका केन्द्रीय सदस्यहरूको छुट्टै भेला

काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका केन्द्रीय सदस्यहरूको भेला काठमाडौंको नयाँ बानेश्वरमा बसेको छ। देउवा पक्षका चुनावपछि मात्रै महाधिवेशन गर्नुपर्ने पक्षधरको भेला बसेको हो। देउवा पक्षकै ३० केन्द्रीय सदस्यले आज बिहान बेग्लै भेला गरी अपिलसमेत जारी गरेका थिए। ती केन्द्रीय सदस्य चुनावअघि महाधिवेशनका पक्षमा छन्। सभापति देउवा पक्षको नयाँ बानेश्वरमा आज दिउँसो भएको छलफलमा नेता कृष्णप्रसाद सिटौला, निवर्तमान सचेतक सुशीला थिङ र नेता एनपी साउदलगायत सहभागी छन्।

देउवा पक्षका करिब ४० जना केन्द्रीय सदस्यहरू यो भेलामा सहभागी रहेको नेताहरूको भनाइ छ। संस्थापन पक्षका अधिकांश नेताहरूको असहमतिबीच पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाएका छन्। सोही विषयलाई लिएर भेला भएको हो। उनीहरूले पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *