कांग्रेस विशेष महाधिवेशनमा बिहान ८ बजेदेखि नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुँदै छ । आज सुरु हुने महाधिवेशनका लगि अहिले बिहान ८ बजेदेखि नाम दर्ता सुरु हुनेछ । दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार आज बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता हुनेछ ।

कार्यक्रमस्तर भृकुटीमण्डप, मूल गेटसँगैको स्टलहरूबाट नाम दर्ता हुने उनले जानकारी दिएका छन् । नाम दर्ताका लागि परिचय खुल्ने कागजात, एक प्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क १ हजार साथमा लिएर आउन पनि आचार्यले आग्रह गरेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *