विशेष महाधिवेशनका लागि ६ सय स्वयंसेवक परिचालन

काठमाडौँ। नेपाली कांग्रेसको आजबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुन लागेको विशेष महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयंसेवक परिचालन गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य मनोज कटुवालले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयंसेवकहरू खटाइएको जानकारी दिए ।

महाधिवेशन स्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ। सुरक्षाको दृष्टिले समेत स्वयंसेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए। कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *