जसपा नेपाल र लोसपाबीच एकीकरण, अध्यक्ष यादव र संरक्षकमा ठाकुर

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच पार्टी एकीकरण भएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच आज एकीकरण सम्झौता भएको हो । एकीकरणपछि पार्टीको नाम जसपा नेपाल र चुनाव चिह्न छाता रहनेछ । अब पार्टीको अध्यक्ष उपेन्द्र यादव र संरक्षकमा महन्थ ठाकुर रहनेछन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *