आफू निकट नेताहरूसँगको छलफलमा कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला आफू निकटका नेता तथा कानुन व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । कोइरालाको सम्पर्क कार्यालयमा जारी बैठकमा कोइराला निकट केन्द्रीय सदस्य, कानुन व्यवसायी, जिल्ला सभापति लगायत नेताहरू सहभागी रहेको कोइरालाको सचिवालय स्रोतले जनाएको छ । भृकुटीमण्डपमा विशेष महाधिवशेको बन्द सत्रको तयारी भइरहँदा कोइराला आफू निकट केन्द्रीय सदस्य, कानुन व्यवसायीहरूसँगको छलफलमा जुटेका हुन् ।

बैठकमा सहभागी एक नेताका अनुसार पार्टी फुट्नबाट बचाउन कोइरालासँग आग्रह गर्न नेताहरू आएका हुन् । उनका अनुसार बैठकमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका केही नेताहरू समेत सहभागी छन् । कोइराला निकट केही केन्द्रीय सदस्यहरू समेत हिजोको विशेष महाधिवेशन उद्घाटन सत्रमा सहभागी भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *