पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको बताएका छन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता,कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् । ‘पार्टी फोड्ने प्रयास गरेका छन् तर पार्टी फुट्दैन । म विश्वस्त छु’, भेटका क्रममा नेताहरूसँग उनले भने ।

विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ । संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको बताएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशन सुरु भएको छ । आज बन्दसत्रका कार्यक्रम सुरु हुँदैछन् । यो महाधिवेशनमा बहुमत प्रतिनिधि सहभागी भएको दाबी गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *