एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ
काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख २ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख(१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले बताए । ‘४ जना पक्राउ परेका छन, थप जानकारी प्राप्त भएको छैन, एसपी लालध्वज सुवेदीले भने ।
मंगलबार राति नेपाल एसबीआई बैंकको घ्याङलेख २ बस्तीपुर, हायुटार शाखामा लुटपाट भएको थियो । पाँच, छ जनाको समूहले उक्त बैंकबाट ३ करोड १० लाख ९५ हजार २८३ रुपैयाँ लुटेका थिए । लुटिएको रकम मध्ये एक करोड ८० लाख १० हजार ५०० रुपैयाँ बरामद भएको छ । स्थानीयको सहयोगमा प्रहरीले विभिन्न स्थानबाट उक्त रकम बरामद गरेको छ ।
















