नेपाल बैंकको ६६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडको ६६औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्मालेको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८१।८२ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ । त्यसैगरी, आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त तथा सुविधा पारित गर्दै महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरिएको छ । सभाले बैंकको नियमावलीको नियम ३१ अनुसार सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै फेरबदलका सुझाव प्राप्त भएमा सोही अनुरूप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *