नेको इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिटिमेडले लाभांश घोषणा गरेको छ । पुस ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको हो । बैठकले आर्थिक वर्ष २०८१।८२ को वित्तीय विवरण पारित गर्दै विवरणअनुसार कायम रहेको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १२.७८९४ प्रतिशत नगद लाभांश सेयर र ३ प्रतिशत बोनस सेयर गरी कुल १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *