कामना सेवा बैंकद्वारा स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकको शाखा कार्यालय झापा इट्टाभट्टामार्फत मेचीनगर नगरपालिका सिर्जना चोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको हो । बैंकका कोसी प्रदेश प्रमुख खिमलाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरे ।
कार्यक्रममा मेचीनगर नगरपालिका–८ का वडाध्यक्ष गिरिराज धमलासमेत उपस्थित थिए । बैंकको सहयोगबाट उक्त स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने तर विशेषगरी गरिब तथा असाह्य सेवाग्राहीहरूका लागि यो सुविधाले सहजता ल्याउने विश्वास स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बताए । साथै, यस्तो परोपकारी कार्यक्रम गरेकोमा बैंकलाई धन्यवाद समेत दिए । यससँगै बैंकले आगामी दिनहरूमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरूलाई निरन्तरता दिने जनाएको छ ।
















