नेशनल लाइफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाण्डौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले धुलिखेलस्थित दुषित थानी हिमालयन रिसोर्टमा एम।डि।आर।टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंह प्रमुख अतिथि तथा प्रमुख कार्यकारी अधिकृत सभापतित्वमा सहभागी भएका थिए। अन्तर्राष्ट्रिय एम.डि.आर.टी फोरमले तोकेको बीमाशुल्क संकलनको आधारमा नेपालभरबाट टिओटीमा २ जना, सिओटीमा ४ जना र एम.डि.आर.टीमा ७७ जना गरी ८३ जना अभिकर्ता सम्मानित भएका छन्। कार्यक्रममा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले अभिकर्ताको व्यवसायिक दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गर्दै जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गरेका थिए।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ अभ्यास सुरु गरेको जानकारी दिए। एम.डि.आर.टी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी गरिमामय लक्ष्य हासिल गर्ने अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो। साथै, मासिक योजना चेज योर एमडिआरटी मा उत्कृष्ट प्रदर्शन गर्ने अभिकर्तालाई प्रोत्साहन प्रदान गरिएको थियो। सबैभन्दा बढी एम।डि।आर।टी अभिकर्ता उत्पादन गर्ने तिनकुने शाखालाई पनि सम्मान गरिएको थियो।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *