महाहर्षित सहकारी संस्थाले पायो बचत ऋणको कारोबार गर्न इजाजत

काठमाडौं । पुरानो सिनामंगल पेप्सीकोलामा रहेको महाहर्षित बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको कारोबार गर्नका लागि इजाजतपत्र प्राप्त गरेको हो । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम महाहर्षित सहकारीले इजाजतपत्र प्राप्त गरेको हो । संस्थाले प्राप्त गरेको इजाजजतपत्र नं. २०७७ – ००१८९ रहेको छ । बागमती प्रदेश,संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय, हेटौडामा दर्ता भएको उक्त संस्थाको कार्यक्षेत्र काठमाडौं महानगरपालिकाको ५ र कागेश्वरी मनोहरा नपाका ३ गरी ८ वटा वडा रहेको छ । यस आर्थिक बर्षको मंसीर मसान्तसम्ममा संस्थाको शेयर पुँजी ५ करोड ९७ लाख २४ हजार पुगेको छ । त्यसैगरी साधारण जगेडा कोष १ करोड २० लाख ९० हजार र अन्य कोषहरुको रकम ८७ लाख पुगेको छ । संस्थाले यस अवधिमा २४ करोड ३६ लाख बचत संकलन गरेको छ भने २० करोड ५० लाख ऋण लगानीमा रहेको छ । संस्थामा ७८३ सदस्य आवद्ध रहेका छन् भने ३३ करोड ४२ लाख कुल सम्पत्ति पुगेको छ । महाकाली र हर्षित दुई संस्था एकीकरण भएर महाहर्षित सहकारी बनेको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *