सभापति भएपछि पहिलोपल्ट सानेपा जाँदै गगन, केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा आज पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन् । विशेष महाधिवेशनबाट सभापति चुनिएपछि थापा पहिलोपटक पार्टी कार्यालय जान लागेका हुन् । काठमाडौं उपत्यकामा उपलब्ध नवनिर्वाचित केन्द्रीय समितिका सदस्यसहित आजै केन्द्रीय समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । प्राविधिक कारणले हामी पार्टी मुख्यालय जान सकेका थिएनौँ ।

अहिले पनि एकदुईवटा कोठा मर्मत गर्न लगाएर मुख्यालय जान लागेको हो,” कांग्रेसका प्रवक्ता देवराज चालिसेले भने, “पार्टी मुख्यालय नजानुको अन्य कुनै कारण छैन । केन्द्रीय समिति बैठकबाट केही नयाँ घोषणा गर्ने सम्भावना रहेको उनले बताए । काठमाडौंको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनबाट गएको पुस ३० गते थापा सभापति बनेका थिए । त्यसपछि बानेश्वरस्थित अर्पण बैंक्वेटमा नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बसेको थियो । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापा सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवार बनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *