फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसनको अध्यक्षमा सुरज बन्जाडे निर्वाचित

काठमाडौँ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोशियसन अफ नेपाल को अध्यक्षमा सुरज बन्जाडे निर्वाचित भएका छन्। बिहीबार सम्पन्न एसोसिएसनको निर्वाचनबाट बन्जाडेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । निर्वाचन प्रक्रियाअन्तर्गत अध्यक्ष पदका लागि बन्जाडे र ज्ञानेन्द्र प्रसाद दाहालबिच प्रतिस्पर्धा भएको थियो । जसमा मेघा शूज इण्डष्ट्रिजका दाहाललाई पछि पार्दै पवित्रा सुज इण्डष्ट्रिजका बन्जाडे अध्यक्षमा विजयी भएका छन् । अध्यक्षबाहेक अन्य कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू भने निर्विरोध निर्वाचित भएको एसोसिएसनले जनाएको छ । नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र थापा चयन भएका छन् ।

त्यस्तै, तीन उपाध्यक्षहरूमा योगेन्द्र पाण्डे, जिवन कुमार श्रेष्ठ र शंकर कुमार गौतम निर्वाचित भएका छन् । एसोसिएसनको महासचिव पदमा निमसन फुटवेयर इण्डष्ट्रिजका निर्मल भट्टराई र उपमहासचिवमा सुदिप बराल र सचिवमा छविलाल पौडेल निर्वाचित भएका हुन् । यस्तै, कोषाध्यक्षमा कुमार न्यौपाने चयन भएका छन्। नयाँ कार्यसमितिको सदस्य पदमा ९ जना व्यवसायीहरू निर्वाचित भएका छन्। सदस्यहरूमा विष्णु प्रसाद पौडेल , शौजन उपाध्याय, रोहित कुमार कार्की , चोला प्रसाद पाठक, अशोक कुमार श्रेष्ठ, सडकेत मुरारका , राजेश बगडियारअग्रवाल , करन गौतम र कुमार लामिछाने चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिले नेपाली फुटवेयर उद्योगको प्रवर्द्धन, उत्पादनको गुणस्तर अभिवृद्धि तथा व्यवसायीहरूको हकहितका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *