सुनको मूल्य तोलाको तीन लाखमाथि

काठमाडौं । नेपाली बजारमा शुक्रबार (माघ ९) सुनको मूल्य तोलाको तीन लाख रुपैयाँ नाघेको छ । सुनको मूल्य एकैदिन तोलामा नौ हजार २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख एक हजार ४०० रुपैयाँ कायम छ । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार (माघ ८) छापावाल सुन प्रतितोला दुई लाख ९२ हजार २०० रुपैयाँका किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा ३२० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ६ हजार १९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ८७० रुपैयाँमा कारोबार भएको थियो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *