नेपाल बिल्डकनको ११औँ संस्करण माघ २२ देखि भृकुटीमण्डपमा आयोजना हुँदै

काठमाण्डौं । नेपालको समग्र निर्माण क्षेत्रको विकास गर्ने उद्देश्यले विगत एक दशकदेखि निरन्तर आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रदर्शनी ‘नेपाल बिल्डकन’ को ११औँ संस्करण यही माघ २२ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ। राष्ट्रकै पहिलो र एक मात्र निर्माण क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीका रूपमा स्थापित नेपाल बिल्डकनको यस संस्करणमा ३०० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको सहभागिता रहनेछ। २०० भन्दा बढी स्टल रहने प्रदर्शनीमा निर्माण सामग्री, प्रविधि तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्तामाझ प्रदर्शन गरिनेछ। आफ्ना उत्पादन तथा सेवा प्रस्तुत गर्ने अवसर पाउँदा सहभागी व्यवसायी तथा उद्यमीहरू उत्साहित देखिएका छन्। मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिले संयुक्त रूपमा विगत ११ वर्षदेखि निरन्तर आयोजना गर्दै आएको नेपाल बिल्डकनले नेपालको निर्माण उद्योगलाई आधुनिक प्रविधिसँग जोड्दै पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस प्रदर्शनीमार्फत स्वदेशमै उत्पादन भएका निर्माण सामग्री तथा प्रविधिलाई अन्तर्राष्ट्रिय बजारसम्म प्रवर्द्धन गर्ने अवसर मिल्दै आएको छ भने अन्तर्राष्ट्रिय बजारमा प्रयोगमा रहेका नवीनतम प्रविधि, सेवा र सामग्री नेपाल भित्र्याउने प्लेटफर्मका रूपमा पनि यसले भूमिका खेल्दै आएको छ। प्रदर्शनीमा आर्किटेक्चरल हार्डवेयर, एल्युमिनियम एक्स्ट्रुजन, मार्बल, टायल्स, स्यानिटरी वेयर, मोड्युलर तथा आधुनिक किचन, रुफिङ, क्ल्याडिङ, लिफ्ट, एलिभेटर, एस्केलेटर, ढोका–झ्याल, फ्लोरिङ, वाल कभरिङ, ग्लास ग्लेजिङ, पाइप, प्लम्बिङ फिटिङ्स, कन्स्ट्रक्सन केमिकल, पीभीसी तथा युपिभिसी प्रोफाइल, ब्याट्री, जेनेरेटर, सिमेन्ट र स्टिललगायत निर्माणसँग सम्बन्धित सम्पूर्ण सामग्री तथा सेवाहरू समेटिनेछन्। निर्माण क्षेत्रमा आवद्ध व्यवसायी, आयातकर्ता, उत्पादक, वितरक, डिजाइनर, इन्जिनियर, आर्किटेक्ट तथा निजी आवास र व्यापारिक भवन निर्माणमा रुचि राख्ने सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहने आयोजकले जनाएको छ। प्रदर्शनीको मुख्य प्रायोजक फ्लाइबर्ड इन्टेरियर रहेको छ भने ‘पावर्ड बाई’ साझेदारका रूपमा लुम्बिनी सेरामिक्स ९लेमिनार टायल्स० रहेको छ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *