उमेर नपुगेर बन्दसूचीबाट हटे चार उम्मेदवार

काठमाडौं । उमेर नपुगेका कारण समानुपातिक तर्फको बन्दसूचीबाट हटे चार जना उम्मेदवारको नाम हटाइएको छ । निर्वाचन आयोगका अनुसार प्रजातान्त्रिक पार्टी नेपालकी पुजा कुमारी चौधरी, उन्नत लोकतन्त्र पार्टीकी प्रियंका शर्मा, नेपाली जनता दलकी अस्मिता जिम्बा र एकल चुनाव चिह्न मोबाइलबाट उम्मेदवार रहेकी मुना प्रधानको नाम उमेर नपुगेका कारण बन्दसूचीबाट हटेको हो । आम जनता पार्टी (आजपा) र जनादेश पार्टीले एकल चुनाव चिह्न मोबाइल मार्फत प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्दैछन् । उमेर नपुगेर बन्दसूचीबाट नाम हटेकी चौधरी शम्भुनाथ नगरपालिका ६ सप्तरीकी हुन् । प्रियंका शर्मा जनकपुरधाम उपमहानगपालिका ४ धनुषा, पंचकन्या गाउँपालिका १ नुवाकोट र प्रधान मण्डनदेउपर नगरपालिका ७ काभ्रेपलाञ्चोककी हुन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन २५ वर्ष पुरा भएको हुनुपर्छ । यससम्बन्धी व्यवस्था संविधानको धारा ८७ मा छ । जसअनुसार प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन नेपालको नागरिक, हुनुपर्छ । यसमै पच्चीस वर्ष उमेर पूरा भएको, नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको, कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको हुनुपर्ने भनिएको छ । यसअनुसार उमेर नपुगेका कारण चार उम्मेदवारको नाम समानुपातिकतर्फको बन्दसूचीबाट हटाइएको निर्वाचन आयोगले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *