जनसचेतन साकोस दुई निकायमा भयो दर्ता, सहकारी प्राधिकरणबाट लियो इजाजतपत्र

दोलखाको वैतेश्वर न.पा.५–काभ्रेमा मुख्य कार्यालय रहेको जनसचेतन बचत तथा ऋण सहकारी संस्था दुई निकायमा दर्ता भएको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजतपत्र प्राप्त गरेको छ भने कर्जा सूचना केन्द्रको पनि सदस्यता लिएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड,२०८२ को दफा ४ बमोजिम जनसचेतन साकोसले दर्ता अभिलेखीकरण प्राप्त गरेको हो । संस्थाको इजाजतपत्र नं.२०५०–००३७० रहेको छ । तत्कालिन डिभिजन सहकारी कार्यालय काभ्रेपलाञ्चोकमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र दोलखा,काभ्रेपलाञ्चोक,भक्तपुर,काठमाडौं र ललितपुर महानगरपालिका रहेको छ । संस्थाको यस आर्थिक बर्षको पौष मसान्तसम्म शेयर पुँजी १५ करोड ४३ लाख, जगेडा कोष १८ करोड ८७ लाख,बचत संकलन १ अर्ब ८१ करोड ३२ लाख र ऋण लगानी १ अर्ब ६४ करोड ८० लाख रहेको छ । संस्थाको कुल संस्थागत पुँजी १८ करोड ८७ लाख ,विभिन्न कोषहरु १२ करोड ३७ लाख छ भने कुल सम्पत्ति २ अर्ब ६१ करोड माथि पुगेको छ । २६ हजार १५९ सदस्य रहेको संस्थाबाट ३ हजार १ सय २१ सदस्यले ऋण लिएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *