राष्ट्रपति पौडेल जापान प्रस्थान

काठमाडौँ । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति रामचन्द्र पौडेल औपचारिक भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः३० बजे नेपाल एयरलाइन्सको उडान नम्बर ४३३ मार्फत जापान प्रस्थान गरेका हुन् ।

भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल यही माघ २१ गते नेपाल एयरलाइन्सकै उडान नम्बर ४३४ मार्फत दिउँसो ४ः३० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *