सानिमा रिलायन्स लाइफले पायो “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर नेपालकोको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल भएको छ । थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजना गरिएको हो, जसमा एसियाका उदाउँदा बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक९केन्द्रित पहलहरूलाई मूल्याङ्कन गरी प्रदान गरिने एक प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो। यस विधामा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको छनोट हुनु कम्पनीले अवलम्बन गरेको दीर्घकालीन, समावेशी र व्यवहारिक बीमा रणनीतिहरूको स्पष्ट प्रतिबिम्ब हो। अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु कम्पनीको लागि गौरवको विषय रहेको र यो अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण र ग्राहक केन्द्रित दृष्टिकोणको मान्यता रहेको बताए । साथै सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने उद्देश्यमा केन्द्रित रहँदै आएको उल्लेख गरे ।

यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले, कम्पनीले प्राप्त गरेको अन्तर्राष्ट्रिय अवार्डले सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपालमा मात्र नभई, एसियाली बीमा बजारमा समेत एक सक्षम, रणनीतिक र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप सुदृढ रूपमा स्थापित गरेको बताएका छन् । उक्त अवार्ड कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक केन्द्रित नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ। हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *