बंगलादेशमा जस्तै नेपालमा आगो लगाउनेहरू हार्नेछन् : संयोजक प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमन गर्ने शक्तिलाई जनताले पराजित गर्ने बताएका छन् । रुकुम पूर्वको चुनबाङमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उनले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको परिणामबारे समेत टिप्पणी गरे । सिंहदरबार, संसद् भवन जले । सर्वोच्च अदालत जल्यो । निजी सम्पत्ति जले, व्यक्तिका घर जले । अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,” उनले भने, “गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन् । उनले बंगलादेशको निर्वाचन परिणामबाट सिक्नुपर्ने आवश्यकता औँल्इाए । “बंगलादेशमा पनि आगो लगाइयो । चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे । नजलाउने र स्थिरता चाहनेहरू जिते,” उनले भने, “सामाजिक सञ्जालमा ७५ लाख फलोअर्स भएका भनिएका व्यक्तिहरू तेस्रो भए । यहाँ पनि हल्लाखोरहरूको हिसाब जनताले गरेर बसेका छन् । प्रचण्डले आगजनी, कुशासन, दमन र हिंसा मच्चाउनेलाई रोल्पा–रुकुमका जनताले राम्ररी बुझेका बताए । तपाईंहरूले बुझ्नुभएको छ, अब देशभरिका जनताले पनि बुझ्नेछन् । उनले रुकुम पूर्वलाई विकासको नयाँ ‘मोडेल’का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे । भरतपुर मोडेल तपाईंहरूले देख्नुभएकै छ । अब विकासको नयाँ मोडेल र समाजवादको नयाँ मोडेल विकास गर्नेछौँ । प्रचण्ड यसपालि रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार बनेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *