भ्रमको कुइरो हटाउनु पर्छ

काठमाण्डौं । फागुन २१ गते हुने निर्वाचन मुख मै आइसकेको छ । मुख्य प्रतिष्पर्धी दलले चुनावी अभियानलाई युद्धस्तरमा सञ्चालन गरिरहेका छन । फागुन ४ गतेदेखी सार्वजनिक कार्यक्रम सहित उम्मेदवारले प्रचार प्रसार गर्न पाउने निर्वाचन आयोगको निर्देशिका अनुसार सबै दल सारा शक्ति खर्च गरेर लागेका छन । उम्मेदवारको प्रचार प्रसार कै क्रममा राजनीतिक दलका प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्ने, उम्मेदवार आफैले पनि मतदाता सामू लिखित मौखिक प्रतिबद्धता ब्यक्त गर्ने क्रम चालु छ । अहिले सबैभन्दा ठुलो लोकतान्त्रिक दल नेपाली काँग्रेस नेकपा (एमाले) माओवादीको परिवर्तित रुप नेपाली कम्युनिष्ट पार्टीसँगै विवादस्पद छवि भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बिच मुख्य प्रतिष्पर्धी हुन अनुमान गरिएको छ । नेपाली काँग्रेसले हिजो जनकपुरमा बिशाल आमसभा गरी घोषणापत्र जारी गर्यो । दलहरुको घोषणापत्र जारी गर्ने क्रम अबको केही दिनमा नै पुरा हुनेछ । तर, घोषणापत्र पढेर,कार्यक्रम हेरेर मत दिने परम्परा नेपाली मतदातामा अझै विकास भैसकेको छैन । विगतका चुनावहरुमा अनेक तरहले प्रभाव पार्ने गरिएको थियो । घोषणापत्र जनताको आँखामा छारो हाल्ने,तिनलाई झुक्याउने र गुमराहमा राख्ने प्रपञ्च मात्रै थियो । दलहरुले असम्भव आश्वासन दिएर भोट माग्थे । घोषणापत्रमा जे कुरा लेख्नुपथ्र्यो त्यो लेखिदैनथ्यो । जे नलेख्नुपथ्र्यो त्यो लेखिन्थ्यो । घोषणापत्र मत आकर्षित गर्ने माध्यम मात्रै बनाईयो । चुनावमा गरेका बाचा र प्रतिबद्धताले घोषणा जारी गर्ने दलहरुलाई बाध्दैनथ्यो । आफु कुनै पनि रुपमा उत्तरदायी नहुने घोषणापत्रको महत्व नै कति रहन्थ्यो र,तसर्थ, कुन दलले के कस्तो घोषणापत्र जारी गरे ,कसले के बाचा गरे कसैलाई थाहा हुँदैनथ्यो । दल र उम्मेदवारकै उदाशिनताका कारण विगतमा त्यस्तो स्थिति आएको थियो । त्यो परम्परा बिलकुलै गलत थियो । त्यही गलत परम्परामा अभ्यस्त भएका दलका कारण आज पनि मतदाताले घोषणापत्रलाई गंभीर रुपले लिदैनन । घोषणापत्रमा लेखेर मात्रै के हुन्छ र भन्ने तिनको धारणा रहन्छ । हुन पनि हो ,लेखेर मात्रै त केही हुँदैन । त्यसलाई कार्यान्वयनमा लाने प्रयाससम्म भएपनि गर्नुपर्छ । अब बेला आएको छ, जनताको समस्यालाई सही ढंगले पहिचान गर्ने, त्यसलाई प्राथमिकताका आधारमा संवोधन गर्ने दल र तिनका उम्मेदवारलाई पहिचान गरेर मतदान गर्ने । विगतमा जनताको छनौट कतिपय अवस्थामा सही थिएन भने देखिन्छ । पुराना दल,बुढा नेता,बेथिति र बिकृतिका जनक भनेर सजिल्लै बिल्ला लगाइदिने र बदनाम गर्ने पनि गरियो । तिनका बिकल्प भनेर सम्पुर्ण रुपले गलत उम्मेदवारलाई जिताउने काम पनि भए । अब दलहरुभन्दा मतदाता परिपक्व हुनुपर्ने अवस्था आएको छ । आग्रह पूर्वाग्रह राखेर, ब्यक्ति मनपर्छ पर्दैन भन्ने आधारमा होइन । नेपालका प्रत्येक परिवर्तनकारी सघर्षमा खेलेको भुमिका र दिएको योगदानको आधारमा आफ्ना प्रतिनिधिहरु चयन गर्नुपर्छ । चुनावमा प्रतिनिधि छान्नु भनेको पाँचवर्षलाई आफ्नो वारेश बनाउनु हो । वारेश गलत भयो भने त्यसले हामीलाई बर्बाद बनाउछ । आजसम्म लगभग त्यस्तै भएको पनि छ । तिनले हाम्रो अधिकारको दुरुपयोग नगरुन भन्नका लागी निष्ठावान, इमान्दार र सक्षम उम्मेदवारलाई चुनेर पठाउनु हाम्रो कर्तब्य बन्छ । राणाशासन फालेका, पञ्चायतसँग लडेका, जेलनेल खेपेका,राष्ट्रको लागी आफ्नो सारा कुरा त्यागेका नेता र दललाई हामीले आक्षेप मात्र लगाउनु हुँदैन । कामको दौरानमा तिनीहरुबाट गल्ती नै भएछ भने पनि तिनलाई सुधार्नुपर्छ, सुध्रने मौका दिनुपर्छ ।
हाम्रा सही प्रतिनिधि र तिनै हुन जसले विगतमा हाम्रो हकका लागि लडे, स्वतन्त्रता दिलाउन लागे । शिक्षा, स्वास्थ्य, सञ्चार, पूर्वधार विकासमा अपूर्व योगदान गर्ने दल सम्पूर्ण रुपले त्याज्य र विदेशीको इशारामा ‘स्टन्ट’ गर्नेहरु नयाँ विकासवादी ठान्यौ भने भोलि हाम्रो अस्तित्व नै रहन पनि सक्छ । हाम्रै सामू त्यस्ता सैयौं उदाहरण छन् । हाम्रै छिमेकी र कैयौं मित्रराष्ट्रहरुमा त्यस्ता घटना भएका छन् । हाम्रो भावुक र मुडमा चल्ने जनतालाई भड्काउन विगतमा पनि कैयौं गलत मान्छे अगाडि आए । जनतालाई मुक्तिको सपना बाँढेर सारा तहसनहस गराउने काम पनि भयो । सुन्दर हिमाली राज्य नेपाललाई हत्या, हिंसा, आतंकको पर्याय बनाइयो । दशवर्ष नेपाली जनताले निर्धक्क रुपमा सास फेर्न पनि पाएनन् । पलपल त्रासमा बाँच्नु पर्‍यो । अहिले अर्को रुपमा नेपालीलाई दुःख दिने शक्ति प्रकट भएको छ । त्यसले विदेशीको इशारा र एजेन्डामा काम गरिरहेको छ । साम, दाम, दण्डभेटको सिद्धान्तलाई अवलम्बन गर्ने त्यो दलले नेपालीलाई भेडाबाख्रा पनि ठान्दैन । पुराना भनिएका दलमा समेत आयोग्य ठहरिएकालाई लगेर सुशासनको डंका पिताउँदै छ । त्यो समूहले जनतालाई आर्थिक मामिलामा उल्लू बनाउने, अनेक बहानाबाजी गरेर ठग्ने, शासकीय शक्ति प्रयोग गरी बेघर गर्ने जस्ता डरलाग्दा षड्यन्त्रमा फाउँदैछ ।

जनतालाई ढाँट्न र ठग्न पुराना, त्यागी र सिद्धान्तनिष्ट भनिएका दलहरुले पनि धेरथोर कोशिस गरेकै हुन तर, नयाँ कलेवरमा प्रस्तुत भएका दलले त जनताको स्वतन्त्र पहिचान र अस्तित्व नै नामेट पार्ने गरी तानावाना बुनिरहेका छन् । त्यसैले, मतदाताहरुले अब आँखा खुला राखेर हेर्ने र चल्लने जमर्को गर्नुपर्ने बेलला आएको छ । जनतालाई सुशासन चाहिएको छ, स्वतन्त्रता चाहिएको छ, आफ्नै देशमा जिउन पाउने अवस्था चाहिएको छ । ललिपप, भ्रमात्मक आकर्षण होइन वास्तविकतामा टेकेर अघि बढ्ने कार्यक्रम चाहिएको छ । त्यो हुनुपर्‍यो । चुनावमा हामीले धेरै ठूलो कुरा पनि हेर्नुपर्दैन । हामीलाई शान्तिपूर्वक बाँच्न, गरिखाने वातावरण बनाइदिने र राज्यशक्ति वा गैरराज्य पक्षबाट अनुचित हस्तक्षेप र दवावमुक्त भएर काम गर्ने व्यवस्था चाहिन्छ । पाउने चारवर्ष काठमाडौंका जनताले डरलाग्दो त्रासमा गुजार्नु प¥यो । राज्यशक्ति प्रयोग गरेर जनताको श्रम, शिप र सम्पपत्ति लुटियो । कतिका घर उडाइए, कतिको बेर्जा खोसियो, कतिलाई अपमान गरियो र त्यसलाई गोयवल्स शैलीमा वाहवाही गरियो र उत्कृष्ट भनियो । हामीले खोजेको ठग्ने, झुठ बोल्ने, जनतालाई ढाट्ने झुक्याउने होइन । दुःख सुखमा साथ दिने प्रतिनिधि नै हो । त्यस्तो काम कुनै चटकी नयाँबाट होइन, गल्ती, भूल र कमीकमजोरीप्रति निर्मम समीक्षा गर्न सक्ने र आत्मालोचना सहित सुध्रने प्रतिबद्धता गर्ने जिम्मेवार उत्तरदायी र इतिहासमा योगदान गरेका दलका उम्मेदवारबाट मात्र सम्भव छ । मुलुकलाई दुव्र्यासनीको अखण्ड नबनाउँदा त्यस्तो गर्दा माधुरोको जस्तो दुर्गती पनि बेहोर्नु पर्ला, जसको साँगवास उठाएर विकास हुँदैन, सुन्दरता बन्दैन । र, संसार ठगेर आफुलाई साधु सावित गर्ने मान्छे सधैं सफल हुँदैन । त्यस्ताको हातमा देश गए देशको अस्तित्व मेटिन्छ । देशको अस्तित्व बचाउन सही प्रतिनिधि चुन्नुपर्छ । त्यसका लागि खुला आँखाले घटनाक्रम व्यक्ति र संस्थाको इतिहास र वर्तमान नियाल्नुपर्छ । आउनुस् हामी सबै मिलेर भ्रम चिरौं र वास्तविकतामा टेकौं ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *