एकताका लागि तयार छौँ – कांग्रेस (बीपी)

डडेल्धुरा । नेपाली कांग्रेस (बीपी)ले नेपाली कांग्रेस डडेल्धुराले आइतबार विज्ञप्तिमार्फत् पार्टी एकताका लागि गरेको आह्वानको स्वागत गरेको छ । पार्टीले सातौं अधिवेशनपछि नेपाली कांग्रेस परित्याग गरि गएका पूर्वसभापति कर्णबहादुर मल्ल लगायतका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आह्वान गरेको थियो । जिल्ला सभापति भिमवहादुर साउँदद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘नेपाली कांग्रेस र कांग्रेसका उमेदवार नैनसिंह महरलाई जिताउन आग्रह गरिएको थियो ।

सोमबार उक्त विज्ञप्तिको स्वागत गर्दै कांग्रेस बीपीले विज्ञप्तिमार्फत् भनेको छ, २०७८ मा सम्पन्न सातौँ जिल्ला अधिवेशनमा सहभागी हुन नपाएका र हाल बीपी कांग्रेसमा रहेका साथीहरुलाई पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार पार्टीमा जोडिन गरेको आह्वानलाई पार्टीले सकारात्मक रुपमा लिएको उल्लेख छ । विज्ञप्ति जिल्ला सभापति भरत नेपालीद्वारा जारी गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *