नैकाप र सुकेधारामा दुई गाडीमा आगजनी

काठमाडौं । काठमाडौंका नैकाप र सुकेधारामा बिहान दुई गाडी जलाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, नैकापस्थित पुलनजिकै बा७च १४०१ नम्बरको भ्यान जलाइएको छ । सुकेधारामा बीएए २८३६ नम्बरको टोयटा कार आगजनी गरिएको अवस्थामा फेला परेको उनले जानकारी दिए । बिहान पौने ३ र पौने ४ बजेतिर गाडीमा आगजनी भएको खबर प्राप्त हुनासाथ दमकल पुगेर आगो निभाएको थियो । अहिलेसम्म गाडीधनी कोही पनि आउनुभएको छैन । घटनास्थलमा दुर्गा प्रसाईंको एउटा पर्चा पनि भेटिएको छ, भट्टराईले भने ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *