प्रधानसेनापतिबाट उपत्यका पृतनाको निरीक्षण

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले उपत्यका पृतनाको निरीक्षण गरेका छन् । मंगलबार सिग्देलले नारायणहिटीस्थित उपत्यका पृतनाको निरीक्षण भ्रमण गरेका हुन् । निरीक्षणका क्रममा उनले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षा एवं समग्र वस्तुस्थितिबारे जानकारी लिएका थिए । यससँगै उनले निर्वाचन सुरक्षा विशेष ध्यान दिन निर्देशन समेत दिए । यसअघि प्रधानसेनापति सिग्देलले ७ पृतनाको निरीक्षण गरिसकेका थिए । उपत्यका पृतनासहित सेनाका ८ पृतना छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *