सुन तोलामा २५ सय बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको मुल्य मंगलबार पनि उकालो लागेको छ । सोमबार तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको सुन आज मंगलबार पनि २ हजार ५ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
हिजो सोमबार सुन तोलामा ३ लाख २६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी मंगलबार चाँदी भने घटेको छ । हिजो सोमबार ३५ रुपैयाँ बढेको चाँदी आज २ सय ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार ८ सय १५ रुपैयाँ कायम छ ।
















