काठमाडौं–८ मा श्रेष्ठ निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन् । उनी २४ हजार ५९२ मत ल्याएर सांसद निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले तीन हजार २१७ मत ल्याए । उनीहरूबीचको मतान्तर २१ हजार ३७५ रह्यो । नेपाली कांग्रेसकी उमेदवार सपनाराज भण्डारी दुई हजार ८३५ मतसहित तेस्रो स्थानमा रहिन् । चौथो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार राजेश शाक्यले एक हजार ९०९ मत पाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *