रास्वपाका खनाल सांसद निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नम्बर–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार ७१९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार सबुज बानियाँले ६ हजार ७५१ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार अमनकुमार मास्केले चार हजार २६८ मत ल्याए । खनाल ०७९ सालको निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *