इलाम–१ मा कांग्रेसका निश्कल राई निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य चुनावमा इलाम–१ मा नेपाली कांग्रेसका निश्कल राई निर्वाचित भएका छन् । राई १४ हजार ५४३ मतसहित निर्वाचित भएका हुन् । दोस्रो भएका श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६३२ मत पाएका छन् । नेकपा एमालेका काजीमान कागते ११ हजार ९६६ मत ल्याउँदै तेस्रो भएका छन् । निश्कल निर्वाचित भएसँगै प्रतिनिसधसभा सदस्यमा कांग्रेसबाट निर्वाचित हुने सदस्यको संख्या १८ पुगेको छ ।
















