एमाले सचिवालय बैठक आज, समानुपातिक सूचीबारे छलफल

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बस्ने तय छ । बैठकमा समानुपातिक सूचीबाट सांसद चयन गर्ने विषयमा छलफल गरिने एमाले प्रचार तथा प्रकाशन विभागले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक सूचीबाट नाम चयन गरेर पेस गर्न दलहरूलाई यही फागुन २८ गते तीन दिनको समय दिएको थियो । त्यो म्याद आइतबार (चैत १) सकिनेछ । दलहरूले यसअघि बुझाएको समानुपातिक सूचीबाट सांसद चयन गर्नुपर्छ । दलले प्राप्त गरेको सिट संख्याअनुसार क्लस्टर मिलाएर नाम चयन गरी आयोगमा बुझाउनुपर्ने व्यवस्था छ । त्यसपछि आयोगले विवरण रुजु गरेर सांसद निर्वाचित भएको प्रमाणपत्र दिनेछ । यही फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट समानुपातिकतर्फ एमालेले १६ सिट जितेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *